काठमाण्डु – प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका–९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ मण्डिखाटार बस्ने ३० वर्षीय…