काठमाण्डु - करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको सम्मान गर्दै विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ)ले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । सन् २०११, २०१३, २०१५, २०१६, २०१८…