काठमाण्डु– गत असार ३० गते प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म औपचारिक विदेश भ्रमण गरेका छैनन् । प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण उत्तरी छिमेकी मुलुक चीनबाट गर्ने निश्चित भइसकेको छ । अनौपचारिक रूपमा प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि २१ सम्म हुने विषय बाहिर आएको छ । तर, सरकारले चीन भ्रमणको मिति सार्वजनिक…