स्थानीय तहभित्र मदिरा बिक्री, सेवन रोक्न र सडक, गाडी तयारी अवस्थामा राख्न आयोगको निर्देशन

काठमाण्डु- निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। आयोगले सोमबार उपनिर्वाचन सुरक्षाबारे गृह मन्त्रालयलाई पत्र लेख्दै मंसिर ५ गतेदेखि मंसिर १६ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आग्रह गरेको हो। पत्रमा लेखिएको छ ‘मिति २०८१।०८।०५ देखि मिति…