काठमाण्डु – सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले जेठ ४ गते ल्होत्से हिमालको सफल आरोहण गरेकी छन् । यसअघि १७ मे बिहान १० बजेर २० मिनेटमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गरेकी थिइन् । उनीसँगै सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले समेत विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।…