काठमाण्डु– कलाकार जितु नेपाललाई मातृशोक परेको छ। नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि दमको रोगबाट पीडित योगकुमारीको आज बिहान ७ बजे निधन भएको परिवार स्रोतले बतायो । उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको छ।