काठमाण्डु - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो बनेको छ । आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अंक सुदूरपश्चिम प्रदेशले पाएको हाे । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा रहेकाे थियो । अघिल्लो पटक…