कुम्भ जाँदै र आउँदै गरेका गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ घाइते

काठमाण्डु- भारतको उत्तर प्रदेशको प्रयागराजमा कुम्भ स्नान गरेर फर्किरहेको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । शुक्रबार राति उत्तर प्रदेशको मनु के पुरा गाउँ नजिक भक्तजनहरू बोकेको बोलेरोले नियन्त्रण गुमाएर अगाडिबाट आउँदै गरेको बससँग ठोक्किर दुर्घटना भएको हो । बोलेरोमा यात्रा गरिरहेका १० जना श्रद्धालुको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।…