काठमाण्डु-नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सरकारमा आफनो समूहबाट मन्त्री पठाउने विषयमा छलफल गरेको छ । पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा कोइराला पक्षका नेताहरूले छलफल गरेका हुन् । कोइराला निवास विशालनगरमा रहेको सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू,…