काठमाण्डु- काठमाडौंका केही स्थानमा सोमबार पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार इमाडोल-१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। यस्तै, कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि…