काठमाण्डु – शंकरदास बैरागीले राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा दिएका छन् । पूर्वमुख्यसचिव बैरागीले गत आइतबार नै पदबाट राजीनामा दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दिएको छ । भारतको राजदूत बन्न प्रयास गरिरहेका बैरागीले राजदूत बन्नकै लागि राजीनामा दिएको निकटस्थहरू बताउँछन् । तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गर्दा उनको नाम परेन । सरकारले…