मन्त्रिपरिषद्ले निर्णय नगर्दा प्रस्तावित भएर पनि पोखरेल एआईजीपी बन्न पाएनन्

काठमाण्डु – प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पोषराज पोखरेलको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवाका लागि प्रस्ताव गरिए पनि बढुवा नहुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि पोखरलको एआईजीपी बढुवामा कुनै निर्णय गरेन । आज मन्त्रिपरिषद् बैठक बस्ने कार्यसूची छैन । पोखरेल शुक्रबार राति १२ बजेबाटअवकाशमा जान्छन् ।…