एक्लो माननीय भनेर हेला नगरियोस्, मलाई बच्चा बच्चाले चिन्छन् : महावीर पुन

काठमाण्डु – स्वतन्त्र सांसद महावीर पुनले आफूलाई एक्लो सांसद भनेर हेला नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा धारणा राख्ने क्रममा ५ मिनेट मात्र समय पाएपछि उनले आफूलाई तोकिएको समय मान्य नहुने बताए । ‘म एक्लो माननीय भनेर हेला नगरियोस् । किनभने अरुले १०–१५ मिनेट २० मिनेट ३० मिनेट पाउँदाखेरि मलाई चाहिँ ५ मिनेट मात्र…