काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निष्पक्ष छानबिन गरी सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने…