झूटा बिल पेश गरी भुक्तानी दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिृकतसहित ७ जनाविरुद्ध मुद्दा

काठमाण्डु – हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनीयर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले चंखेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनीयर रुद्रबहादुर वली, सहायक सबइन्जिनीयर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र…