काठमाण्डु – गृह मन्त्रालयका सचिवस्तरीय निर्णयबाट नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा पदोन्नति भएका ७५ जनामध्ये ७२ जना डीएसपीहरू दज्र्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आईतबार आयोजित समारोहबीच उनीहरूलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गरे । गत शुक्रबारको निर्णयबाट पदोन्नति भएका २ जना डीएसपीहरू…