तमिलनाडुको मुख्यमन्त्रीमा विजय नियुक्त, भोलि शपथ ग्रहण

चेन्नई – तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले ‘तमिलगा भेत्री कलगम’ (टीभीके) प्रमुख विजय थलपतिलाई राज्यको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । तमिलनाडु लोक भवनले नियुक्तिको औपचारिक पुष्टि गर्दै विजयको शपथ ग्रहण समारोह आगामी आइतबार बिहान १० बजे चेन्नईको नेहरु स्टेडियममा आयोजना हुने जनाएको छ । नवनियुक्त मुख्यमन्त्रीले आगामी १३ मेसम्ममा विधानसभामा विश्वासको मत पेश गर्नुपर्ने समयसीमा…