काठमाण्डु - नेपाली कांग्रेसका सभापति गगन थापाले मुगुका गणेश नेपालीको आत्मदाहको घटना कुनै राजनीतिक बहस वा दोषारोपणको विषय नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले नेपालीको मृत्यु भएको घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण भएको उल्लेख गरेका छन्। ‘यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा…