दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने विश्वकर्माको निधन

काठमाण्डु - दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोही विजय घिमिरे विश्वकर्माको निधन भएको छ । सगरमाथा आरोहणका क्रममा लेक लागेर ३६ वर्षीय घिमिरेको आइतबार आधार शिविर क्षेत्रमा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका घिमिरे अचानक बिरामी परेका थिए । टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या…