गाभीसँग नेपालको उच्चस्तरीय वार्ता, खोप कार्यक्रम निरन्तरतामा जोड

काठमाण्डु- विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्यसभामा सहभागी हुन जेनेभा पुगेकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता नेतृत्वको टोलीले ‘खोपका लागि ग्लोबल एलायन्स गाभी ट भ्याक्सीन एलाइनस का उच्चस्तरीय प्रतिनिधिसँग भेटवार्ता गरेको छ । भेटवार्तामा नेपालको स्वास्थ्य प्रणाली खोपको दीर्घकालीन निरन्तरता र आगामी दिनको स्वास्थ्य वित्तीय व्यवस्थापनको विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…