ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीले किन प्रहार गर्‍यो गोली ?

काठमाण्डु – ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा रहेको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच शनिबार दुई पटक झडप भयो । स्थानीय अराजक रूपमा प्रस्तुत भएपछि प्रहरीले गोलीसमेत प्रहार गर्नुगर्‍यो । प्रहरीले प्रहार गरेको गोली र झडपमा परी घाइते भएका तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावतीलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ…