धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीनजनालाई अन्तर्वार्तामा बोलाइयो (सूचनासहित)

काठमाण्डु-धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि छनोट सूचीमा परेका तीनजनालाई अन्तर्वार्तामा बोलाइएको छ । अर्थ मन्त्रालयले छनोट सूचीमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा.नवराज अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको हो । अन्तर्वार्ता मंसिर ९ गते बिहान ८ बजे हुनेछ । यसअघि असोज १८ गते उनीहरूलाई अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा अन्तर्वार्ता स्थगित भएको थियो । त्यति…