काठमाण्डु- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ । कास्कीबाट भैरहवा लगिएका लामिछानेको बुधबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सकिएको हो । बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रविलाई मंगलबार कास्कीबाट रुपन्देही लगिएको थियो । मंगलबार बाटै सुरु गरिएको बयान बुधबार साँझ (साढे ७ मा)…