काठमाण्डु – राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले अध्यादेशमार्फत सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश बन्नबाट रोकेर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले जघन्य महिला हिंसा गरेको आरोप लगाएकी छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले अंकगणितको आडमा बालेनले महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाएकी हुन् । संवैधानिक परिषद् बैठकले गत शुक्रबार चौथो वरियताका न्यायाधीश मनोज…