डोटी – अविरल वर्षासँगै खसेको पहिरोले २ दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा–डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भदौ २६ गते रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिबार साढे १ बजेदेखि…