काठमाण्डु – राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। गृह मन्त्रालयले आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’मा तल्लोस्तरसम्म संरचना भएका दलहरूलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन् । २०७२ सालको भूकम्पका बेला पुर्याएको योगदानबाट शिक्षा लिँदै दलका नेता/कार्यकर्तामा खोज र…