काठमाण्डु- भारी वर्षासँगै आएको बाढीले मोटरेबल पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको तीव्र बहावले पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो। स्थानीयका अनुसार खोल्सामा पानीको बहाव अत्यधिक बढेपछि पुल धान्न नसकी बगाएको हो। यो सडक मध्यपहाडी लोकमार्गसँग जोडिने महत्वपूर्ण मार्ग भएकाले…