रुकुम पश्चिममा ५१८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट

सुर्खेत – नेपाल प्रहरीले रुकुम पश्चिममा ५१८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ । चालू आर्थिक वर्षको साउन १ गतेदेखि बैशाख १० गतेसम्म रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलले जानकारी दिए । आठविकोट नगरपालिकामा सबैभन्दा धेरै ४०० रोपनी…