काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले हेर्न नमानेपछि कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशत्रय सुनिलकुमार पोखरेल, प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमान रहेको पूर्ण इजलासमा मुद्दा तोकिएको छ । पूर्ण इजलासमा तोकिएका न्यायाधीशमध्ये पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले मुद्दा हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको हो । इजलासमा मुख्यमन्त्री…