काठमाण्डु- अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ । विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासैनीले जानकारी दिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति अभियानमा लागेका पाँच दर्जनभन्दा…