भारतमा लोकसभाको पहिलो चरणको चुनाव आजदेखि सुरु

काठमाण्डु - भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनका लागि निर्वाचन हुँदैछ। पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुने भएकाे हाे। पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् । एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा…