काठमाण्डु - अमेरिका र इरानबीच जारी युद्धविरामको समय घर्किँदै गएपनि दोस्रो चरणको वार्ता अनिश्चित बनेको छ । वार्ताको भविष्य अन्योलमा परिरहेका बेला दुवैपक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । दोस्रो चरणको वार्ताको लागि कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानमा केन्द्रित हुने संकेत देखिए पनि इरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ…