काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टीको(रास्वपा)को कैलाली जिल्ला अधिवेशन रद्द भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हालै सम्पन्न कैलाली जिल्लाअधिवेशन रद्द भएको पत्राचार गरेका हुन् । उनका अनुसार आवश्यक मापदण्ड पूरा नगरी निर्वाचन गराइएको पाइएकोले अधिवेशन नै रद्द गर्नुपरेको हो । कैलालीमा नयाँ नेतृत्व चयनका लागि छिट्टै अधिवेशनको नयाँ मिति तोकिने छ…