ओली र लेखक हाजिरी जमानीमा रिहा

काठमाण्डु– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् । बिहीबार उनीहरूलाई आ–आफ्ना श्रीमतीको जिम्मामा छाडिएको हो। अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उनीहरुलाई छाडिएको काठमाण्डु प्रहरी परिसरले जनाएको छ । सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो। भदौ २३ र २४ को घटना छानबिन…