अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्न महानगरले भत्कायो बानेश्वरमा व्यापारिक भवनका संरचना

काठमाण्डु - काठमाण्डु महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङमा बनेका संरचना भत्काउन सुरू गरेको छ । अन्डरग्राउण्ड पार्किङ स्थलसमेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो । महानगरको आग्रह अटेर गर्दै नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा पसलहरु सञ्चालन गरेपछि महानगरका कर्मचारी तथा महानगरले ती संरचना भत्काएको हो ।…