सरकारी अस्पतालमा पीसीआर परीक्षण निशुल्क गर्न स्वास्थ्य समितिको निर्देशन

काठमाण्डु – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले खोप केन्द्रको विस्तार गर्न र आमनागरिकलाई कोभिड विरुद्धको खोप छिटो, छरितो र प्रभावकारी ढङ्गले उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, मन्त्रालयका सचिव डा रोशन पोखरेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिलगायतसँग यसको समाधान व्यवस्थापन,…