काठमाण्डु– नव नियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को महोत्तरीस्थित पुर्खौली गाउँ एकडारामा आज (शुक्रबार)उत्सव मनाइने भएको छ । बालेन आज प्रधानमन्त्री नियुक्त भएको अवसरमा उनको गाउँवासीले खुसीयाली मनाउने तयारी गरेका हुन् । दुई दिन पहिलादेखि नै एकडारा गाउँपालिकाका गाउँवासीहरु आजको दिनलाई भव्य उत्सवका रुपमा मनाउन जुटेका छन् । कसैले मिठाईका परिकार तयार गरेका छन् भने कसैले…