काठमाण्डु – सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले पहिलो ई पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेका छन्। उनले सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ई–पासपोर्ट प्रचलनमा ल्याउन ई–पासपोर्ट वितरण सुरु गरिएको जानकारी दिए ।सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई…