काठमाण्डु - प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलाई आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तार गर्ने हिसाबले मनाउन अनुरोध गरेका छन्। ‘बडादसैँलाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विस्तार गर्ने अवसरमा रुपमा मनाउन सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘सबैको मुहारमा खुसी ल्याउन सकोस्।’ बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक एकताले भरपूर्ण…