नरसिंह धाम गएका तीर्थालु सवार गाडी दुर्घटना, ७ जना घाइते

धादिङ- नीलकण्ठ नगरपालिका १०, टारिबेशी सडक खण्डमा एक सवारी साधन दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। भक्तपुरबाट त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको प्रसिद्ध नरसिंह धामको मेला भर्न आएका श्रद्धालुहरू फर्कने क्रममा उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार बागमती प्रदेश बीएफ ०२२३ नम्बरको इको भ्यान अनियन्त्रित भई सडकबाट करिब १५० मिटर…