मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई झण्डा हस्तान्तरण

काठमाण्डु– संसारको पाँचौँ अग्लो मकालु हिमाल आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ। सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चौधरीलाई राष्ट्रिय झण्डा तथा नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महानिरीक्षक कार्कीले चौधरीको यात्राको सहज, सुखद तथा सफलताको कामना…