काठमाण्डु – ललितपुरमा यात्रु बोकेर आइरहेको पठाओ चालक कुटिएका छन् । यातायात व्यवसायीहरुले ७ बुँदे माग राखी गरेको हड्तालका क्रममा एकान्तकुनामा तीन जना पठाओ चालक कुटिएका हुन् । ललितपुरको एकान्तकुनामा पठाओका तीन जना चालकमाथि कुटपिट भएको खबर पाएको पठाओकी बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन् । उनले यसबारे थप बुझ्न आफ्नो टिम घटनास्थल गइसकेको बताइन्…