कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन हुने

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गते लिने तयारी गरेको छ । बोर्डले साउन ३१ गते बिहीबारदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने भएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । उनले बिहान ११ बजेबाट २ बजेसम्म परीक्षा सञ्चालन हुने बताए । परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै…