तोकिएको स्पिड उपलब्ध नगराउने इन्टरनेट सेवा प्रदायकलाई कारवाही गर्न माग

काठमाण्डु - दूरसञ्चार क्षेत्रको सेवालाई थप गूणस्तरीय बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । आज काठमाण्डुमा भएको अन्तरक्रियामा सहभागिहरुले बजारको प्रतिस्पर्धा नभई सेवामा प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दुरसञ्चार क्षेत्रमा लाग्दै आएको कर न्युनिकरण गर्नुपर्ने बताए । साथै उनले सेवाप्रदायक संस्थाहरुले पनि उपभोक्तालाई सहज रुपमा सेवा प्रदान गर्नुपर्ने सुझाव…