निजी स्कूलमा साउन १ देखि अनलाइन कक्षा बन्द

काठमाडौं – साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालय सञ्चालकहरुले निर्णय गरेका छन् । विद्यालय चलाउन आर्थिक संकट परेका कारण प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन् । शिक्षक, कर्मचारीलाई समेत बेतलबी घर बिदामा राख्ने निर्णय पनि गरिएको प्याब्सन, एनप्याब्सनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । सरकारले…