काठमाडौं – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल र भारतबीच कालापानी सीमा विवादबारे छलफल गरेका छन् । राजदूत आचार्यले भारतका अधिकारीसँग कूटनीतिक पहल सुरू गरेका हुन् । राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ । दूतावासका अनुसार गएको शुक्रबार राजदुत आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे…