खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले…