काठमाडौं – आइतबार साँझ लगातार परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको पूर्वी नवलपरासीस्थित अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि १६ घण्टादेखि यातायात अवरुद्ध भएको छ । अरुणखोलास्थित पुल भाँचिएपछि विकल्पमा ह्युमपाइपमाथि राखिएको ग्राभेल बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । बीच बाटामै गाडी रोकिएपछि त्यसमा रहेका हजारौं यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमका जंगलमा अलपत्र…