नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको बैठक शुरु

काठमाडौं - नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया-प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले…