विज्ञापन खारेज गर्न माग गर्दै लोकसेवा आयोगको कार्यालयमा प्रर्दशन

काठमाडौं - लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाव दिँदै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रर्दशन गरेको छ । स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाइएको सो विज्ञापन संविधानमै व्यवस्था गरिएको समावेशी र समानुपातिक नभएको भन्दै आन्दोलनरत आदिवासी, जनजाति, महिला, दलितलगायतका समूदायले बिहीबार बिहान लोकसेवा आयोगको कार्यालय…